arrow

लेस्टर सिटी शीर्ष स्थानमा, चेल्सीको संकट चुलिँदै

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
vardi-.jpg.jpeg

एजेन्सी । संकटग्रस्त चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा सिटीले चेल्सीलाई २–१ गोल अन्तरले हरायो । सिटीलाई विजयी गराउन जेमी भार्डी र रियाद माहारेजले एक–एक गोल गरे । भार्डीले पहिलो हाफ अघि ३४औं मिनेटमा टोलीलाई अग्रता दिलाए । मध्यान्तर लगत्तै ४८औं मिनेटमा माहारेजले अग्रता दोब्बर पारेका हुन् ।

चेल्सीका लोइक रेमीले ७७औं मिनेटमा सान्त्वना गोल फर्काएपनि हार टरेन । जितसंगै लेस्टर सिटी १६ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको आर्सनलको ३३ अंक छ । तेस्रो स्थानमा झरेको म्यान्चेस्टर सिटीको ३२ अंक छ । तीन दशककै खराब प्रदर्शनमा रहेको चेल्सी १६ खेलबाट १५ अंक मात्र जोड्दै अंक तालिकाको १६औं स्थानमा छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ