arrow

च्याम्पियन्स लिग : नक आउट चरण भिडन्त तय

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
draw@-.jpg.jpeg


एजेन्सी । युरोपियन क्लव फुटबलको प्रतिष्ठीत प्रतियोगिता च्याम्पियन्स लिगक नक आउट चरणको खेल तालिका सार्वजनिक भएको छ । जारी तालिका अनुसार साविक बिजेता बार्सिलोनाको भेट इङ्गलिश क्लव आर्सनलसँग हुनेछ । अर्को इङ्गलिश क्लब चेल्सीको भिडन्त कठिन मानिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसंग हुने भएको छ ।

अन्तिम १६ कै खेलमा स्पेनिश क्लब रियाल मड्रिडले ईटालियन क्लब एएस रोमासँग खेल्नेछ  । जर्मन क्लब बायर्न म्युनिख र ईटालियन क्लब युभेन्टस् भिड्दा बेल्जियमको गेन्टले जर्मन क्लब उल्फवर्गसँग खेल्ने छ । नेदरल्याण्ड्सको पिएसभी र स्पेनिश क्लब एथ्लेटिको मड्रिडले खेल्ने छ । इङ्गलिश क्लब म्यान्चेस्टर सिटीले युक्रेनको डाईनामो किभसँग खेल्दा पोर्चुगिज क्लब बेनिफीका र रुसी क्लब जेनिथ सेन्ट पिटर्सवर्ग भिड्न ेछन् । अन्तिम १६ का खेल आगामी फेब्रुअरी १६ बाट हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ