arrow

ट्रान्सफर्मर चोरी, विद्युत सेवा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
transformer.png
तस्बिर – फाइल ।

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको छ । विद्युत प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण सामग्री खोलेर लागेको अवस्थामा खोको भेटिएको छ । स्थानीयका अनुसार बुधबार बिहान हेर्दा ट्रान्सफर्मरभित्र भएको विद्युतको तेल र तामा निकालिएको अवस्थामा भेटिएको हो ।

ट्रान्सफर्मर चोरी भएपछि सो वडाको विद्युतीय सेवा अवरुद्धसमेत भएको छ । त्यस्तै रौतहटकै चन्द्रपुर नगरपालिका– १० बाल्चनपुरमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ । 

५० केभी पावरको ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए ।

सोमबार साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मंगलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए ।

बिजुलीको ट्रान्समिटरभित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ । पछिल्लो समय जिल्लामा चोरीको घटनामा वृद्धि भएको छ ।  पर्व नजिकिँदै जाँदा चोरीको घटना बढेको पाइएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ