arrow

काँग्रेसकै अडान अनुसार संसद अगाडी बढ्ने

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
Cognress.jpg.jpeg

काठमाडौं । लामो समय देखि अवरुद्ध हुदै आएको व्यवस्थापिका संसद् बैठक काँग्रेसकै अडान अनुसार नै अघि बढ्ने भएको छ । व्यवस्थापिका संसदको मंगलबार (आज) बस्ने बैठकमा काँग्रेसकै अडान अनुसार भुकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धी प्रस्ताव र संविधान संशोधन प्रस्ताव संगसगै अघि बढ्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतामा हिजो भएको शीर्ष नेताहरुको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले पहिले देखि देखाउँदै आएको बाटोलाई पनि विकल्पको रुपमा प्रस्तुत गरेका थिए । काँग्रेस पदाधिकारीको मंगलबार विहान बसेको बैठकले प्रधानमन्त्री ओलीले दिएका विकल्पहरु मध्ये पार्टीले यसअघि देखि देखाउदै आएको बाटोलाई नै अवलम्वन गर्ने निर्णय गरेको पार्टी महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । पार्टी सभापति सुशील कोईरालाको निवास महाराजगञ्जमा बसेको काँग्रेस पदाधिकारीको बैठकले पुरानै अडानमा कायम रहने निर्णय गरेको हो ।

महामन्त्री सिंहका अनुसार संसद बैठकमा काँग्रेसको निर्णय अनुसार दुवै प्रस्ताव पेश हुने छन र प्राधिकरण संवन्धी प्रस्ताव पारित हुने छ । संविधान संशोधन सम्बन्धी प्रस्ताव भने मधेशी मोर्चासंगको सहमति अनुसार अघि बढाउने तयारी दलहरुले गरेका छन । काँग्रेसले दुवै प्रस्तावलाई संगसगै लैजान पटक–पटक सरकारलाई आग्रह गर्दै आइरहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ