arrow

भारतमा खनिएको नालीले नेपालतर्फ डुवानको सम्भावना

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
Trenchha.JPG.jpeg
यादव आचार्य, बर्दिया । बर्दियाको सिमानासँग जोडिएको अन्र्तराष्ट्रिय जैविक मार्गका रुपमा रहेको भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष सुरक्षाका लागि भारततर्फ नाली निर्माण गरिएपछि नेपालतर्फ वर्षातको समयमा डुबानमा पर्ने सम्भावना बढेको छ । 

नेपाल तर्फ बन्यजन्तुले वाली नालीमा गर्ने नोक्सानी लगायत दाउरा, घाँस काट्ने कार्य नियन्त्रण गर्न भन्दै दशगजा क्षेत्रमा भारतीय आरक्षद्वारा जेसीवी मार्फत अग्लो नाली खनिए पछि वर्षातमा नेपाल तर्फको पानी निकास हुन नपाउँने भएपछि डुवानको सम्भावना देखिएको हो ।

नालीका कारण नेपाल तर्फबाट काठ दाउरा लैजाने समस्या केहीहद सम्म समाधान हुने कर्तनियाघाट वन्यजन्तु आरक्षका दरोगा खड्क बहादुर सिंहले वताएका छन् । उनले नालीका कारण बन्यजन्तुले नेपाल तर्फ दुःख दिने समस्या पनि हराउने वताए । 

जिल्ला प्रसासन कार्यालय बर्दियाका अधिकारी सहितको टोलीले निर्माणाधिन नालीको अनुगमन गरेको छ । नेपाली अधिकारी हरुको समन्वय विना भारतले आरक्ष सुरक्षार्थ वनाएको नालीले गुलरिया नगरक्षेत्र वर्षाको समयमा थप डुवानको जोखीममा परेको प्रमुख जिल्ला अधिकारी विनोद वहादुर कुँवरले वताएका छन् । अन्र्तराष्ट्रिय नियम विपरित निर्माण गरिएको संरचनाका सम्वन्धमा मन्त्रालयमा समेत जानकारी गराएको प्रजिअ कुँवरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ