arrow

दोस्रो टेष्टमा भारतको शानदार जित, इङ्गल्याण्ड पराजित

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
cricket-news-india.jpeg

एजेन्सी । भारत भ्रमणमा रहेको इङ्गल्याण्ड भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा २ सय ४६ रनले पराजित भएको छ।  बिसाखापटनममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको घरेलु टोली भारतले कप्तान बिराट कोहेली तथा चेत्वेश्वर पुजाराको  शतकीय पारीको मद्दतले सबै विकेट गुमाउदै ४ सय ५५ रन बनायो ।

कोहली र पुजाराले क्रमश १ सय ६७ तथा १ सय १९ रन बनाए । इङ्गल्याण्डका मोइन अली तथा जिम्मी एण्डरशनले ३–३ विकेट लिए । इङ्गल्याण्डका लागि खेलको पहिलो इनिङ् खराब रह्यो  । उसका लागि वेन स्टोकले ७० रन बनाउनु बाहेक अन्य ब्याटसम्यानले खासै प्रदर्शन गर्न नसक्दा इङ्गलिश टोली २ सय ५५ रनमै समेटियो।  भारतका लागि स्पिनर रविचन्द्रन अश्विन एक्लैले ५ विकेट लिए ।
 
२ सय रनको अग्रता साथ आफ्नो दोस्रो इनिङ्को सुरुवात गरेको भारत कप्तान विराट कोहलीको ८४ रनको मद्दतले २ सय ४ रन बनाउदै अलआउट भयो। भारतलाई सस्तैमा समेट्न इङ्गल्याण्डका स्टुआर्ट ब्रोड तथा अदिल रसिदले समान ४–४ विकेट लिए।

 ४ सय ५ रनको विजयी लक्ष्यका साथ दोस्रो इनिङ्को सुरुवात गरेको इङ्गल्याण्डको प्रदर्शन सामान्य रह्यो। उसका लागि कप्तान एलेएष्टर कुकले सर्वाधिक ५४ रन बनाए । कसिलो भारतीय बलिङ् सामु अन्य ब्याट्सम्यान निरिह रहे ।  

इङ्गलिश व्याटिङ्गलाई ध्वस्त पार्ने क्रममा भारतका लागि पहिलो टेष्ट खेलिरहेका जयन्त यादव तथा  रविचन्द्रन अश्विनले ३–३ तथा मोहम्मद शामीले २ विकेट लिए ।  खेलको ‘म्यान अफ दि म्याच’  खेलमा कुल २ सय ४८ रन बनाएका भारतका विराट कोहली घोषित भए । यो जितसँगै भारतले ५  खेलको श्रृखंलामा १–० को अग्रता कायम गरेको छ।

 



नयाँ