arrow

राजा माग्दै शनिवार मार्चपास गरिने

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
RYN-President.jpg.jpeg
काठमाडौं । शाही युवा शक्ति नेपाल(आरवाईपी) नेपालले आगामी पुस ४ गते काठमाडौंमा बृहत्त मार्च पास गर्ने घोषणा गरेको छ । सोमबार बसेको आरवाईपीको पूर्ण बैठकले गणतान्त्रिक संविधानले मुलुकको हित गर्नै नसक्ने निश्कर्ष निकाल्दै राजसंस्थाको पूर्नस्थापनाको लागि आफ्नो संस्थाले देशव्यापी जनदबाब सिर्जना गर्न बृहत्त मार्च पास गर्ने निर्णय गरेको हो । 

संस्थाका अध्यक्ष पशुपति खड्काले राजसंस्था नेपालको अभिभावकीय संस्था भएकाले त्यसलाई पूर्नस्थापना गर्नु अहिलेको आवश्यकता भएको स्पष्ट पारेका छन् । 

खड्काले भने, ‘देश पछिल्लो दिनमा विदेशीहरुको गुलाम भएको छ, विदेशी एजेण्डा बोकेर चर्को कुरा गर्दैमा देशमा कायापलट हुन्छ भनेर भ्रम छर्दा आज देशको यो हालत भएको छ ।’

उनले प्रमुख राजनीतिक दलहरु पटक–पटक असफल भैसकेको दाबी गर्दै राजा विनाको संविधानले कसैको भलो नहुने बताए । खड्काले राजा विनाको देश मियो विनाको दाईजस्तै भएको समेत स्पष्ट पारे । 

आरवाईपीले सक्रिय राजतन्त्र अहिलेको आवश्यकता भन्दै उपत्यकामा आगामी शनिबार बृहत्त मार्च पास गर्ने निर्णय गरेको हो । अध्यक्ष खड्काका अनुसार आगामी शनिबार पुस ४ गते दिउँसो भद्रकालीमा भेला भएर रत्नपार्क शान्तिबाटिकामा पुगी कोणसभा गर्ने कार्यक्रम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ