arrow

समस्याग्रस्त सहकारीको गुहार

सरकारले खाता रोक्का गर्‍यो, ६०० गाई भोकै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
shree-laliguras-farm.jpg

काठमाडौँ । सरकारले खाता रोक्का गरिदिएपछि समस्याग्रस्त श्री लालीगुराँस सहकारी संस्थाले सञ्चालन गरेको गाई फार्म सञ्चालनमा समस्या देखिएको छ । उक्त सहकारीको स्वामित्वमा रहेको फार्ममा रहेका गाईलाई दाना खुवाउनसमेत समस्या हुन थालेको हो । सोही कारण ती फार्महरु समेत बन्द हुने अवस्थामा पुगेका छन् । 

बिहीबार संस्थाका केही कर्मचारी खाता रोक्का हुँदा फार्ममा रहेको गाईहरु भोकभोकै मर्ने अवस्था भएको भन्दै भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पुगेका थिए । उनीहरुले दाना र व्यवस्थापन खर्चका लागि आवश्यक रकम रोक्का भएको खाताबाट निकासा गराउन माग गरेका थिए ।

समितिले भने उक्त खाता कानून अनुसार रोक्का भएको खाता कानूनी व्यवस्था नै नभइ फुकुवा गर्नसक्ने अवस्था नभएको जवाफ दिएर फर्काइदिएको छ । 

‘उहाँहरु आउनुभएको थियो । फार्ममा दाना नै अभाव भयो, थोरै भए पनि पैसा निकासा गरिदिनुपर्यो भन्नुभएको थियो ।,’ समितिका एकजना सदस्यले भने, ‘उहाँहरुको कुरा जेन्युन नै भए पनि हामीले कानून नै नभइ पैसा निकासा गर्नसक्ने कुरा भएन । त्यही भनेर पठायौं ।’

उक्त सहकारीको स्वामित्वमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर नाममा चितवनको खैरहनीमो गाई फार्म र ललितपुरको गोदावरीमा डेरी उद्योग सञ्चालनमा छ । करिब २१ बिगाहा जग्गामा फैलिएको उक्त जग्गामा हाल ६०० भन्दा धेरै गाई रहेको संस्थाका एकजना कर्मचारीको भनाइ छ । 

संस्थाको खाता रोक्का भएपछि अहिले गाईहरुलाई खुवाउने दाना घटाइएको उनी बताउँछन् । दाना घटेपछि दूधको उत्पादन घटेको र यसले आम्दानी झनै घटाएको उनको भनाइ छ । 

लालीगुराँसले २०७० सालमा चितवनको खैरहनीमा उक्त गाई फार्म सञ्चालनमा ल्याएको थियो । उक्त फार्म र डेरीमा अहिलेसम्म करिब ५० रुपैयाँ खर्च भइसकेको छ । 

अत्याधुनिक ढंगले सञ्चालनमा ल्याइएको उक्त फार्म १० वर्ष बित्न लाग्दा पनि नोक्सानमै छ । फार्म आफैँ नोक्सानमा रहेकोले लामो समयदेखि दैनिक खर्च सञ्चालन गर्न समेत सहकारीको पैसा प्रयोग गर्नुपर्ने अवस्था थियो । अहिले खाता बन्द हुँदा समस्या देखिएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले श्री लालीगुराँसलाई फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको थियो । सहकारी विभागको सिफासिरमा यस्तो घोषणा गरिएको हो । 

बचतकर्ताको उजुरी बढ्दै गएपछि विभागले उक्त सहकारीलाई प्रष्टीकरण सोधेको थियो । माघ १५ गते सोधिएको प्रष्टीकरणमा समस्याग्रस्त घोषणा नगर्नुपर्ने कारण र बचत फिर्तासम्बन्धी कार्ययोजना पठाउन निर्देशन दिइएको थियो । 

सहकारीले यस्तो कार्ययोजना पठाउनुको सट्टा उजुरीकर्ताको सूची पठाउन भनेको तथा  अनुगमनका क्रममा संस्थागत सुशासन विपरित काम र लगानी समेत भएको पाइएपछि समस्याग्रस्त घोषणाका लागि मन्त्रालयलाई सिफारिस गरेको थियो । समस्याग्रस्त घोषणासँगै यतिबेला यो संस्थाको व्यवस्थापन समितिको जिम्मामा पुगेको छ । 

अहिले उक्त सहकारी र सञ्चालकको नाममा रहेको बैंक खाता र जग्गा समेत रोक्का गरिएको समितिले जनाएको छ । अब केही दिनभित्रै बचतकर्तालाई बचत फिर्ताको मागदाबीका लागि आह्वान तयारी थालिएको समितिले जनाएको छ । अहिले समितिले २२ वटा समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ