arrow

पाल्पामा दुई सय ३४ अभियुक्त फरार

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
Palpa.jpg.jpeg
रामपुर (पाल्पा) । छब्बीस वर्षदेखि हालसम्म विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई न्यायिक निकायबाट दोषी ठहर भएका २३४ अपराधी लामो समयदेखि फरार छन् । 

कर्तव्य ज्यान, लागुऔषध, चोरी जस्ता विभिन्न अपराधमा संलग्नले तीन हजार वर्ष आठ महिना १० दिन कैद भुक्तानी गर्न र उनीहरुबाट रु ३६ लाख ३३ हजार ८८२ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालतका सूचना अधिकारी उत्तम सिलवालले बताए । 

फरार अभियुक्तमध्ये तानसेन नगरपालिकाभित्रका सबैभन्दा बढी छन् । अदालतको तथ्याङ्क अनुसार तानसेनका ३१, रामपुरका १६, पिपलडाँडाका ११, मस्यामका नौ, हुमिनका पाँच र खालिवन गाविसका ११ अपराधी फरार छन् । 

अदालतको फैसला कार्यान्वयनका लागि अदालतकै प्रहरी नहुनु, राजनीतिक दलले समेत सहयोग नगर्नु, स्थानीय प्रहरी प्रशासनसँग समन्वय हुन नसक्नु जस्ता कारणले गर्दा अपराधी पक्राउ गर्न कठिन भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ