arrow

क्योकुसिन टोली जापान जाँदै

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
tole-japan-news-aaja.jpeg

काठमाडौं । पाँचौं आईकेओ माचुसिमा क्योकुसिन खुला तौल समूह विश्व च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली बुधबार जापानको मायेबासी प्रस्थान गर्ने भएको छ ।

नोभेम्बर २६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा सन्तोष बुढाथोकीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ४–४ वर्षको अन्तरालमा हुने च्याम्पियनसिपको चौथो संस्करणमा पनि सन्तोषले सहभागिता जनाएका थिए ।

अफिसियलमा नेपाल माचुसिमा क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ राजकुमार गुरुङ रहेका छन् । गुरुङले प्रतियोगिताका दौरान हुने कोंगेस र रेफ्री सेमिनारमा पनि भाग लिने बताइएको छ । खेलाडी सन्तोषले पनि ज्वाइन्ट ट्रेनिङ भाग लिने छन् ।

टोलीलाई माचुसिमा संघका सल्लाहकार प्रकाशसिंह कार्कीले त्रिपुरेश्वरस्थित ओलम्पियन सेमी कभर्डहलमा एक कार्यक्रमबीच मंगलबार दिबाइ गरे । प्रतियोगितामा करिब ८० राष्ट्रका ९० खेलाडीको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।



नयाँ