arrow

बक्राहा खोलामा तीन अर्ब पचास करोडको गुरूयोजना

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
river.jpg.jpeg

विराटनगर । मोरङको बक्राहा खोलमा तटबन्ध निर्माणका लागि तीन अर्ब ५० करोडको गुरूयोजना तयार गरिएको छ । नदीको दुवैतर्फ पुरानो तटबन्धको उचाइमा बढोत्तरी, स्पर निर्माणलगायतका कार्य सम्पन्न गर्न गुरूयोजना तयार पारिएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रमुख देवनारायण साहले जानकारी दिए । 

 
जिल्लाको ५२ किलोमिटर क्षेत्रमा बग्ने सो नदीले १८ गाविसलाई प्रत्यक्ष प्रभावित पार्दै आएको छ । वर्षायाममा बाढी बस्तीमा पस्ने, बालीनालीलाई क्षति गर्नुका साथै खेतीयोग्य जमिन बगरमा परिणत हुने क्रम बढ्दै गएको छ । 
 
तटबन्ध निर्माणमा  एक करोड ७५ लाख तथा अन्य प्रभावित क्षेत्रमा बाँकी रकम खर्च गरिनेछ । यस्तै लोहन्द्रा खोलाबाट प्रभावित क्षेत्रमा तटबन्ध निर्माण तथा मर्मतका लागि रु तीन करोड विनियोजन गरिएको छ । 
 
गछिया खोलाका लागि  ६० लाख, बूढी खोला  ५० लाख, सरजु खोला  ६० लाख, सेउती खोला  ६० लाख र शेरा खोलाका लागि  ५० लाख रकम विनियोजन गरिएको कार्यालयका प्रमुख साहले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ