arrow

साफ च्याम्यिनसिपका लागि महिला खेलाडी छनोट

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
SAFF-women--nepal-team.jpeg

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडीे छनोट गरेको छ ।

प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले ७२ जना खेलाडीबाट पहिलो चरणमा ४२ खेलाडी छनोट गरिएको एन्फाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणमा छनोट भएका ४२ खेलाडीमध्ये ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिने एन्फाले जनाएको छ ।

आगामी डिसेम्बर २६ तारिखदेखि हुने उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । त्यस्तै नेपालकै समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । पाकिस्तानमा भएको तेस्रो चरणको साफ च्याम्पियनसीपमा नेपाल उपबिजेता बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ