arrow

कांग्रेस एक्लैले बहुमत ल्याउने गरि लाग्न देउवाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
deuba-congress-mahasamiti-meet-2080-11-07-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे सङ्केत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए । 

उनले भने, ‘ एक्लै जित्न सक्ने पार्टी बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरू एक भएर लागेर आपसी समझदारी, समन्वय कायम गर्दै देशभर नै पार्टी जित्नु आवश्यक छ ।'

उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेताहरूलाई सचेत गराए । 

घात, अन्तर्घात नगरेर एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाई थियो । 

उनले भने, ‘ म सबै साथीहरूलाई पार्टीलाई एक बनाएर लगेर आपसमा घात, अन्तर्घात नगरेर एक भएर यो पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपरेको छ हामीलाई ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ