arrow

रामदेवको नजरमा नेपाली व्यवसायीहरु कस्ता ?

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
ramdev१.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले गरेको स्वागत कार्यक्रममा बोल्नै मंगलबार भारतका उदीयमान धनाढ्य बाबा रामदेवले नेपाली व्यवसायीको बारेमा केही कुरा गरे । पतन्जली योग पीठको नामबाट आफ्नो व्यवसाय प्रवद्र्धन गरेका रामदेवले नेपालमा पनि केही रकम लगानी गर्न आश्वासन दिएका छन् भने केही रोजगारीको पनि आश्वासन दिएका छन् । 
 
महासंघको सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै रामदेवले पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने पनि बताए । उनले आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने जनाएका हुन् । 
 
उनले सोही कार्यक्रममा भनेका छन् कि ‘नेपाली व्यवसायीहरु व्यापारमा व्यस्त रहेर उत्पादन तर्फ ध्यान दिन सकेका छैनन् । उनले उत्पादनमा लाग्नको लागि नेपाली व्यवसायीहरूलाई सुझाव पनि दिए । आफूसमेत पतञ्जलीको ब्राण्डबाट संसारभरी नै प्रसिद्धी कमाएका रामदेवले अर्काको ब्राण्ड बेचेर आफू उँभो लाग्न नसक्ने भन्दै आफ्नै ब्राण्ड बनाउन तर्फ लाग्न पनि उनले सुझाव दिए । 
 
उनको सोचाईमा नेपाली उद्योगहरु परम्परागत शैलीमा चलिरहेका छन् । जसकाकारण उत्पादनले दिने मुनाफा पनि परम्परागत नै रहेको कुरा उनको भनाईमा भेटिन्थ्यो । उनले सीधै पनि भनेका नै हुन् कि परम्परागत शैलीले होइन, नयाँ सोच, सिर्जनशील र फरक शैलीले उद्यममा लगानी गर्नुपर्छ । 
 
अर्काे उनले राष्ट्रियताको सवालमा पनि केही सुझावहरु दिएका छन् । ‘तपाईँ जुन देशमा काम गर्नुहुन्छ त्यही देशको भलाईको लागि काम गनूस्’ उनले दिएको सुझाव हो यो । त्यस्तैगरी विज्ञापनलाई सही प्रयोग गर्न, का मार्जिनमा सामान बेच्न यी र यस्तै अनेकौ सुझावहरु देशकै सबैभन्दा ठूलो व्यापारीहरुको संस्थामा उभिएर एकजना सफल व्यवसायीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका रामदेवले दिएका हुन् । 
 
मंगलबार मात्रै नेपाल आएका रामदेवलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागतसँगै अनुभव बाँड्नको लागि यस्तो कार्यक्रमको आयोजना गरेको थियो । अहिलेको आयात र निर्यातको अवस्था १ः१३ को हाराहारीमा पुगिरहेको अवस्थामा यसरी व्यवसायमा आफूलाई अब्बल सावित गराईसकेका व्यवसायीसँग यसको अनुभव साँट्ने प्रयास गर्नु महासंघको आफैंमा सकारात्मक काम हो । तर, उनले दिएका कतिपय जायज सुझावहरूलाई महासंघ र यसमा आवद्ध सदस्यहरुले पालना गर्नु भने आवश्यक रहेको छ । 
 
रामदेवको घोषणा : नाफा विदेश नलाने, २० हजारलाई रोजगारी 
 
यसैबीच, नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेवले नेपालमा लगानी गरेर प्राप्त गरेको प्रतिफल विदेश नलैजाने बताएका छन् । नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । ‘लगानी विस्तार गर्दै एक खर्ब रुपैयाँ पु¥याउने योजना छ,’ उनले भने । पतञ्जलीले गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोसँगको साझेदारीमा वीरगन्जको पर्सौनीमा पतञ्जली उद्योग स्थापना गरिसकेको छ ।
 
रामदेवले नेपालमा पतञ्जलीको उद्योग व्यवसायबाट हुने कुनै पनि नाफा भारत फिर्ता नलाने घोषणा गरेका छन् । उनले आफू नेपाललाई भारतजत्तिकै प्रेम गर्ने भन्दै यहाँ हुने नाफा फिर्ता नलैजाने घोषणा गरेका हुन् । ‘हामी अर्को वर्षबाट विकसित देशमा वार्षिक १० हजार करोड भारुबराबरको उत्पादन निर्यात गर्नेछौँ र ती मुलुकबाट भारतमा नाफा ल्याउनेछौँ,’ उनले भने, ‘तर, नेपालबाट नाफा भारत लैजाने छैनौँ ।’ उनले जुन मुलुकमा लगानी गरेको हो त्यही मुलुकको समेत भलाइ गर्नुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ