arrow

सिन्धुलीमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

logo
राजन परियार,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
Sindhuli-hamrakura.jpg.jpeg
सिन्धुली। लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत  सिन्धुलीमा बिभिन्न कार्यक्रमहरु गरी मनाइने तयारी भएको छ । महिला तथा बालबालिका कार्यालय सिन्धुली र जिल्लामा महिलाको क्षेत्रमा क्रियाशिल बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले जिल्लाको सदरमुकादेखि ग्रामिण भेगसम्म बिभिन्न कार्यक्र्रमहरु गरी मनाउने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत २५ नोभेम्बरदेखि  १० डिसेम्बर सम्म र्‍याली , सडक नाटक, अन्तक्रिया लगायतका विभिन्न कार्यक्रमहरु गरिने बताइएको छ ।
 
यसैगरी पत्रपत्रिका एफएम रेडियोमा महिलासंग सम्बन्धित बिभिन्न जनचेतना मूलक सन्देश प्रकाशन तथा प्रशारण गरिने पनि बताइएको छ । 
हरेक वर्ष महिलासंग सम्बन्धित बिबिध कार्यक्रमहरु गरी मनाइएपनि महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन । महिलाको नाममा बिभिन्न सरकरकारी तथा  गैरसरकारी संघसंस्थाले बर्षेनी लाखौ रुपैया खर्चेको भएतापनि महिला हिसांका घटनाहरु भने न्यूनीकरण भएको पाइदैन ।
 
महिला हिंसा बिरुद्ध सरकारद्वारा बिभिन्न समयमा गरिएका प्रतिबद्धताका बाबजुद पनि देशमा महिला हिंसा घटी रहनु र पिडितले न्याय नपाउनु मुख्य चुनौती रहेको छ ।  पितृसतात्मक सोच, महिला र पुरुषको बिच असमान शक्ति सम्वन्ध, महिला अधिकारका बारेमा न्यून चेतना र हिंसामा परेका महिलाहरुले प्राप्त गर्ने सिमित न्याय लगाएतका कारण महिला हिंसा न्युनीकरण हुन नसकेको सरोकारबालाहरु बताउछन  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ