arrow

प्रभु बैंकले कागबेनी मन्दिर श्राद्दस्थल व्यवस्थापन समितिलाई दियो क्यूआर स्ट्याण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
prabhu-kagbani-temple.jpg

काठमाडौँ । नगदरहित भुक्तानी प्रणालीमा विशेष जोड दिइरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरण तथा सुविधाका लागि “कागबेनी मन्दिर श्राद्दस्थल व्यवस्थापन समिति“ लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ । 

बहुचर्चित धार्मिकस्थल कागबेनीमा विशेषगरी बडादशैँ र चैतेदशैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि बर्सेनि नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने अपेक्षा गरिएकोमा भक्तजनको सुविधाका लागि क्यूआर उपलब्ध गरिएको हो । 

प्रभु बैंकले हिमालपारीको जिल्ला मुस्ताङ्गका विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराइरहेको जनाएको छ । 

मुस्ताङ्गको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमासमेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । 

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको र्बैंकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ