काठमाडौं । लामो दुरिका धाबक एबम बिश्व पर्वतारोही संजय पण्डितले ११ घण्टा ४१ मिनेट ५७ से सम्म निरन्तर उल्टो दौडेर काठमाडौँ कोटेश्वर देखि काभ्रेको दोलालघाट सम्मको ५२.२ कि मि दौडेर पार गरेका छन् | अस्ट्रेलियाको शिखर कोजियस्को उल्टो हिडेर नोबेम्बेर २२,२०१४ मा सफल आरोहण गरेको दिन पारेर उनि सहित नेपालका चर्चित म्याराथन धाबक भुमिराज राइ , म्याराथन धाबक सुरेन्द्र बस्नेत ,केन्याका धाबक पिटर मोंगे लगायत १० जनाको टोलीले साथ दिएको थियो |
पण्डित निरन्तर उल्टो हिडेर पार गरे भने अन्य धाबक सुल्टो हिडेर निर्धारित दुरी पार गरका थिए | मंगलबार पुरव अर्थ मन्त्रि डा राम शरण महत डि आइ जी प्रकाश अर्याल लगायतले संयुक्त रुपमा उल्टो दौड उद्घाटन गरेका थिए | संजय सहितको टोलि दोलालघाटमा मंगलबार बेलुका पुगेको थियो । पण्डितले दौड पछि खुसि हुदै भने,- 'मैले यो संसारलाई मान्छे उल्टो हिड्नमात्र होइन उल्टो दौडन पनि सक्छ भन्ने कुराको प्रमाणित गरिदिएको छु |'