arrow

एपिएफ पुग्यो सहारा सुरुङ्गा गोल्ड कपको फाइनलमा

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
FOOT-Ball-news.jpeg
सुरुङ्गा(झापा)। झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ फाइनलमा पुगेको छ । 
 
सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता चौथो संस्करणअन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय ट्राइबेकरबाट भएको थियो । जसमा एपिएफले पुलिसलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । 
 
एपिएफका नवीन लामा, आदित्य चौधरी, मिलन राई, पासङ लामा र रञ्जन विष्टको प्रहार गोलमा परिणत भयो । पुलिसका विक्रम धिमाल, दिनेश गुरुङ, तेज तामाङ र दिनेश राजवंशीले गोल गरे भने बुद्ध लामाले पोष्ट बाहिर प्रहार गरेका थिए । 
 
बिहीबार रुपन्देही–११ र मनाङ मस्र्याङ्दीबीचको खेलमा विजयी हुने टोलीसँग एपिएफले फाइनलमा प्रतिष्पर्धा गर्नेछ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपिएफका राजेन्द्र रावल म्यान अफ म्याच घोषित भए । प्रतियोगिताको विजेताले रु तीन लाख ५१ हजार १११ र उपविजेताले रु दुई लाख ५१ हजार १११ पाउने आयोजक सुरुङ्गा जेसीजका अध्यक्ष भीम भट्टराईले जानकारी दिनुभयो । रासस 



नयाँ