arrow

नेपाली फ्यानलाई सम्बोधन गर्दै शाहरुख खान

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
dilwale.jpg.jpeg
काठमाडौं । बलिउड बादशाहका रुपमा परिचित भारतीय सुपरस्टार शाहरुख खानले नेपालका रहेका फ्यानलाई सम्बोधन गर्ने भएका छन् । आगामी शुक्रबारबाट नेपालमा पनि प्रदर्शन हुन लागेको उनी अभिनित बहुप्रतिक्षित फिल्म ‘दिलवाले’को विषयलाई लिएर सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालका फ्यानलाई सम्बोधन गर्ने उक्त फिल्मको नेपाल राइट लिएको दर्शना आर्टले जनाएको छ । 

दर्शनाका अनुसार आर्टसका प्रमुख दिपक अधिकारीले शाहरुखलाई मुम्बईमा भेटेपछि नेपाली फ्यानलाई सम्बोधन गर्नेछन् । आउदो शुक्रबार देखी व्रल्ड वाईड रिलिज हुने शाहरुख–काजोल स्टारर फिल्मलाई दर्शनाले १ करोड २५ लाख भारतीय रुपैंयाँ नेपाल अधिकार लिएको छ ।

विश्बमा नै बहुप्रतिक्षित मानिएको शाहरुखको ‘दिलवाले’लाई हाई बजेटमा किनेर पनि नाफा कमाउनेमा बितरक कम्पनी ढुक्क छ । शाहरुखकै कारण महङगो मुल्यमा फिल्म किनेको दर्शनकाका प्रबन्ध निर्देशक गोबिन्द सापकोटाले बताए । रेड चिल्लीजको ब्यानरमा रोहित शेट्टी निर्देशित यस फिल्ममा शाहरुखका साथमा काजोल,बरुण धावन र कृति सनन मुख्य भुमिकामा छन् ।

यो फिल्म उपत्यकाका २१ पर्दा र मोफसलका ९० बन्दा बढी पर्दामा रिलिज हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ