arrow

कच्चा पदार्थ सोयाविनको ५ गुणा बढी, तेल भने सनफ्लावरको छ्याप्छ्याप्ती !

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
oil-sunflower-1234.gif
काठमाडौं । नेपाललाई कृषि प्रधान मुलुक भनिएपनि यहाँ माग भएका कृषि उपजको प्रयोगको लागि अन्य मुलुकबाट नै सामान आयात गर्नुपर्ने बाध्यता रहेको कुरा धेरै पहिलेदेखि उठ्दै आएको हो । नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई मुल्याङ्कन गर्ने हो भने धेरै बस्तुमा हामीहरु अन्य मुलुकसँग परनिर्भर हुनुपर्ने अवस्था रहेको सरकारी तथ्याङ्कले देखाउँछ । 
 
नेपालमा नेपालीब्राण्डको लोगो लगाएका धेरैजसो तेलहरु विदेशी कच्चापदार्थबाट नै बन्ने गरेको तेल उत्पादकहरु बताउँछन् । उनीहरूको भनाईलाई पुष्टि पनि गर्छ नेपालमा उत्पादन हुने तेलको अवस्था र नेपालमा आयात हुने तेलको विवरणले । 
 
तथ्याङकका अनुसार नेपालमा उत्पादन हुने तेलहन बालीमध्ये सबैभन्दा अग्रस्थानमा तोरीको उत्पादन रहेको छ । कृषि विकास मन्त्रालयको तथ्याङ्कको आधारमा हाम्राकुरा डटकमले तयार पारेको एक रिपोर्टका अनुसार तोरी १ लाख ७६ हजार दुई सय ६९ हेक्टरमा १ लाख ५४ हजार १ सय ५ मेट्रिकटन उत्पादन हुने गरेको छ । यो तथ्याङ्क आर्थिक वर्ष २०७१÷७२को हो । 
 
त्यसपछि, सबैभन्दा बढी भट्टमास उत्पादन हुने गरेको छ । तर, नेपालमा सबैभन्दा बढी मात्रामा आयात हुने तेलहनबालीमा भने भट्टमासको स्थान अग्रपंक्तिमा रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार नेपालबाट कूल ३१५ केजी भट्टमासको दाना चीन निर्यात हुँदा नेपालमा कच्चा भट्टमास र दाना गरेर ५४ हजार ५ सय ४ मेट्रिक टन आयात भएको तथ्याङ्कले देखाएको छ । जवकी नेपालमा कूल २८ हजार १ सय १९ मेट्रिकटन मात्रै भट्टमास उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । 
 
त्यस्तै, नेपालमा सबैभन्दा बढी उत्पादन हुने कृषि उपजको तेस्रो स्थानमा रहेको छ सनफ्लावर । यसको उत्पादन ६ हजार सात सय ५२ हेक्टरमा कूल १२ हजार ९ सय २४ मेट्रिक टन हुने गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७१÷७२ मा नै विदेशबाट आयात भएको सनफ्लावरको परिमाण २ हजार नौ सय २ मेट्रिकटन रहेको छ । 
 
यसरी उत्पादन र आयात जोड्दा नेपालमा कूल १५ हजार ८ सय २६ मेट्रिक टन सनफ्लावरको खपत हुने गरेको छ । सो वर्ष सनफ्लावर नेपालबाट निकासी भएको देखिँदैन । जसकाकारण मुलुकभर खपत हुने सनफ्लावरको परिमाणलाई हामीले आयात र उत्पादनको योगबाट निकाल्न सक्दछौं । 
 
उता, भट्टमासको कूल खपत भने मुलुक भरमा ८७ हजार ८ सय २३ मेट्रिक टन रहेको तथ्याङ्कले देखाएको छ । भन्सार विभाग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कृषि विकास मन्त्रालयको तथ्याङ्कलाई एक आपसमा संयोजन गर्दा आयात र उत्पादनको जोडमा निर्यातको परिमाण समेत घटाउँदा उक्त तथ्याङ्क आएको हो । 
 
तर, बजारमा भने भट्टमासको भन्दा सनफ्लावरको तेल बढी खपत हुने गरेको खुद्रा व्यापारीहरु बताउँछन् । यसरी बजारमा खपत हुने कच्चापदार्थको हिस्सा हेर्दा सनफ्लावरको भन्दा सोयाविन ५ गुणाले बढी हुनु र बजारमा भने सनफ्लावरको बढी खपत हुन्छ भनेर व्यवसायीहरू बताउनु आफैंमा बेमेल सिर्जना गराउने विषय बनेका छन् । यस्तो बेमेल कुन पक्षको कमजोरीले भईरहेको छ भन्नेकुरा खोजीको विषय बनेको छ । 
 
नेपालमा उत्पादन हुने विभिन्न किसिमका तेलहरुको विवरण र नेपालमा आयात तथा नेपालबाट निर्यात हुने विभिन्न किसिमका तेलहरुको विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ