arrow

पाँचथरमा १२ प्रतिशतले धान उत्पादनमा वृद्धि

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
paddy.jpeg
पाँचथर।  गत वर्षको तुलनामा यस वर्ष पूर्वी पहाडि जिल्ला पाँचथरमा धान उत्पादनमा वृद्धि भएपछि कृषकहरु हर्षित भएका छन् । यस वर्ष १२ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरले जनाएको छ ।
 
 गत वर्ष १९ हजार ७ सय ६७ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष २२ हजार १ सय ४० मेट्रिकटन धान उत्पादन भएको छ । नाँगिका कृषक चन्द्रमणि वास्कोटाले भने,“यस वर्ष समय समयमा पानी परेको र धानमा रोगमा पनि नदेखिएकोले धान राम्रो फलेको छ ।”
 
कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत कमलेश तिवारीले भने,“अहिले समय समयमा पानी प्रशस्त परेको,रोग प्रकोप नदेखिएको,कार्यालय बाट वितरण भएको उन्नत जातको विऊ कृषकले लगाएका कारण धान उत्पादनमा वृद्धि भएको हो ।”जिल्लामा ९ हजार २ सय ३ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ