arrow

न्वागी मेलामा करिब २ करोडको आर्थिक कारोवार

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
nuwagi-mela.jpeg
गुल्मी।गुल्मी र बाग्लुङको सिमाना अन्तर्गत खारबजारमा सञ्चालन भएको न्वागी मेलामा एक करोड भन्दा माथिको आर्थिक कारोवार भएको छ । 
मेलामा सामान्य फलफूल पसल अन्तर्गत सुन्तला,स्याउ देखि लिएर होटल व्यवसाय र झुला पिङ्ग र जाडोमा लगाउने न्यानो कपडा ,फेन्सी,बालबच्चाहरुका खेलौना,कस्मेटिक लगायत कृषिजन्य बस्तुहरु समेत गरि पाँच दिने मेला अवधिभर करिव २ करोड बरावर आर्थिक कारोवार भएको न्वागी मेला संरक्षण समितिका कोषाध्यक्ष प्रदिप खरेल जानकारी दिए।
 
परम्परागत रुपमा पौदीबासीहरुले विशेष गरि नँया अन्न घरमा भित्र्याएको अबसरमा न्वागी पर्व मनाउने प्रचलन रहेको छ । न्वागी मेलाई मध्यनजर गरि गुल्मी,बाग्लुङ्ग लगायत जिल्लाबाट मेलाको अवलोकन गर्ने मेला हर्ने र मनोरञ्जनको  लागि दशौ हजार मानिसहरु मेलाको आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ