मोर्चाको नाराबाजीका बीच पुननिर्माण र संविधान संशोधन विधेयक पेश
प्रकाशित मिति : २०७२ मङ्सिर २९ मंगलबार

काठमाडौं । मधेसी मोर्चाका सांसदहहरुको अवरोधका बीच व्यवस्थापिका संसदमा पुनर्निर्माण र संविधान संशोधन विधेयक मंगलबार पेश भएको छ । मधेसी मोर्चाले प्राधिकरण विधेयकलाई पास गर्न सघाउने बताईरहँदा मंगलबारको बैठकमा संविधान संशोधन विधेयकलाई पनि कार्यसूचीमा राखेपछि उनीहरुले नाराबाजी गरेका थिए ।
नाराबाजी चलिरहँदा विधायन समितिकी सभापति गंगा चौधरीले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्वन्धमा बनेको विधेयकसम्वन्धी प्रतिवेदन पेश गरेकी थिईन् ।
त्यसपछि कानूनमन्त्री अग्नि खरेलले संविधान संशोधन विधेयक पेश गरेका थिए । त्यसअघि नाराबाजीको तनावका बीच महिला तथा बालबालिका समितिकी सभापति रञ्जु झाले आफ्नो समितिको प्रतिवेदन पेश गरेकी छन् ।
झण्डै साढे दुईघण्टा ढिलो गरी सुरु भएको संसद बैठकमा मोर्चाले नाराबाजी गरेपछि सभामूखले सांसदहरुलाई बस्न भनेपनि उनीहरु बसेनन्। मोर्चाका सभासदहरुले विरोध जनाए पनि सभामूख ओनसरी घर्तीमगरले बैठकलाई निरन्तरता दिईरहिन् । अब संसदले पारित गरेमा भूकम्प पीडितका लागि भौतिक संरचना निर्माण प्रक्रियामा भएको ढिलाइले गति लिनेछ । संसदको बैठक आगामी बुधबार चारबजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">