arrow

 एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक

विद्यादेवी भण्डारीलाई सम्मान गर्ने एमालेको तयारी [भिडियो]

०८४ मा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
uml-madheveshan-pratinidhi-2080-01-10.jpg

काठमाडौँ । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रस्ताव प्रस्तुत गरिएको थियो । 

जसमा प्रतिनिधि परिषद् सदस्यहरूले सहमति जनाएका हुन् । प्रस्ताव पार्टीका तर्फबाट परिषद् बैठकको अध्यक्षता गरेका पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । प्रस्ताव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए।

उनले भने, ‘हामीले महत्त्वपूर्ण ढङ्गले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याउनुभएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिनुभएका त्यस्ता व्यक्तिहरूलाई सम्मान हाम्रो घोषित योजना थियो । त्यही योजनाको आधारमा हामीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट पार्टीका पूर्व उपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्त्वपूर्ण ढङ्गले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउ । यहाँहरू समक्ष यो प्रस्ताव राख्न चाहन्छु । हामी पार्टीको तर्फबाट भोलि हिरक जयन्ती महोत्सवमा सम्मान गरिने महत्त्वपूर्ण व्यक्तिको रूपमा आदरणीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई यो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको प्रस्तावको रूपमा हामी अघि बढाउँछौँ । निर्णयको रूपमा यसलाई अघि बढाउँछौँ ।’

उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले नेकपा(एमाले) राष्ट्रिय शक्तिको रुपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए । उनले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताए । उनले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताए । उनले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरुलाई पनि सुदृढ गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ