arrow

गुरूयोजना बनाएर काम गरौ :रवीन्द्र अधिकरी

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
rabindra-adhikari-uml.jpeg
इलाम। संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकरीले इलामका सरकारी कार्यालय प्रमुखलाई आफ्ना काम कारबाही चुस्त र दुरूस्त बनाइ प्रत्येक दुई महिनामा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएका छन् । 
 
अधिकरीले दुई महिनामा एक पटक सयुंक्त बैठक बसी आफूले गरेका क्रियाकलापको समीक्षा गर्न समेत सुझाव दिएका हुन् । 
 
गुरूयोजना बिना गरिएका काम लथालिङ्ग भएको र धेरै स्रोत खेर गइरहेको बताउँदै उनले अब काम गर्दा गुरूयोजना बनाएर मात्र गर्न आग्रह गरे। 
 
जिल्ला विकास समितिमा बिहीबार आयोजित जिल्ला अन्तर्गतका सडक पूर्वाधार तथा स्थानीय विकास निर्माण सम्बन्धी अन्तक्रियामा डिभिजन सडक कार्यालय, डिभिजन भवन कार्यालय, कृषि विकास कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, नेपाल विद्युत् प्राधिकरणलगायतका प्रमुखले भएका र अब हुने कामबारे चर्चा गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ