arrow

ठेकेदारको लापर्वाही : बझाङका विकास निर्माण अलपत्र

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
bhajang.jpeg
बझाङ। जिल्लाका प्रमुख विकास निर्माणका कामहरुमा ठेकेदारहरुको चरम लापर्वाहीका कारण अलपत्र परेका छन् । जिल्लाका ठूला हुन् या साना विकास निर्माणको कामको  टेरन्टर आह्वान गर्दा  ठेक्का लिनलाई हानाथाप गर्ने ठेकेदारहरुले कामको जिम्मा पाए पछि बेवास्ता गर्ने गरेको ब्यापक जनगुनासोहरु आउन थालेका हुन् ।
 
सड्क  होस या पुल, सिचाई कूलो होस भवन निर्माण,जिल्लामा हुने अन्य विकास निर्माणका काम भने ठेकेदारहरुको ढिला सुस्तीका कारण अलपत्र परेका छन् । ठेकदारहरुकै ढिला सुस्तिका कारण  जिल्लाका महत्वपुर्ण विकास निर्माण काम तथा योजनाहरु प्रभावित भएका हुन्  । पाँच बर्ष अगाढी ठेक्का निर्माण कार्य सम्पन्न गरि सक्नु पर्ने  सेती नदीमा पर्ने देबशैनको पक्की पुल हाल सम्म काम सुरु भएको छैन । झण्डै १३ करोडमा ठेक्का लिएको याकथुङ्का निर्माण कम्पनी जिल्लामा नआएको  स्थानीयको गुनासो छ । त्यस्तै  सेती पारीका २१ गाबिस लाई सडक सञ्जाल संग जोड्ने सेति नदीमा बन्न लागेको  चैनपुर पानकोट  पक्की पुल पनि ठेकदारको लापर्वाहीका कारण काम ढिला सुस्ति हुँदा अलपत्र अवस्थामा रहेको छ ।
 
२०७२ सालमा ६ करोड ५५ लाख ठेक्का भएको  निलगिरी र जागृति निर्माण कम्पनीले चैनपुर तर्फको एक वटा पिल्लर गाडेर गत बर्ष बाट काम बन्द गरेको छ । यसै असार मसान्त सम्म काम सम्पन्न गरी सक्नु पर्ने उक्त पुल निर्माणका लागी जिल्ला विकास समीतीले सम्बन्धित ठेकदारलाई पत्राचार गरेको भए पनी ठेकदारले बेवास्ता गरी पुल बन्न नसकेको जिल्ला विकास समीतीका सब ईन्जिनियर हरि संकर जोशीले बताए । सब ईन्जिनिर जोशिले भने ,-'हामीले बारम्बार भनेका छौ तर ठेकेदारले लापरबाही गरेको छ ।' यहाँका स्थानीय ठेकदारहरुलाई जिल्लाका अधिकांस योजनाहरुका ठेक्का लिने गरेको तर ठेकदारकै लापवार्हीका कारणले जिल्लाको सिंगो विकासमा समेत अवरोध पुगेको छ ।
 
गत बर्ष राज्यलाई नै चुनौती दिदै  सेती नदीमा काठे पुल बनाएर छान्नाका स्थानीयहरुले सेतीपारी गाडी तारे  पनि बर्खामा सेती नदीले पुल बगाए पछि छान्नाबाट जिपहरु वारी तर्न पाएका छैनन् । बझाङ जिल्लाको क श्रेणिको निर्माण  कम्पनी  जागृति निर्माण सेवाले धेरै जसो योजनाहरुको ठेक्का लिएको तर कम्पनीको बेवास्ताका कारण काम ढिला सुस्ति हुने गरेको स्थानीयहरुको गुनासो रहेको छ । जागृति निर्माणले ठेक्का लिएका चैनपुर ताक्लाकोट सडकको काम गर्न नसकेर गत बर्ष रकम समेत फ्रिज गरेको थियो ।
 
 साथै अहिले पनी उक्त कम्पनीले जिम्मा लिएका देउलेख स्वास्थ्य चौकीको भवन, जराड थामलेख सडक, लगायत अन्य ग्रामीण सडकका योजनाहरुको काम समेत सुस्त भएको छ । त्यसै गरि टेन्डर भएको झण्डै एक बर्ष हुन लागेको झनाना पक्की पुलको काम समेत सुरु हुन सकेको छैन् । शर्मा बिकोई कम्पनीले जिम्मा पाएको उक्त पुलको लागत स्टमेट १३ करोड रहेको छ । गएको असारमा १५ करोड ५२ लाखको लागत स्टमेट रहेको तमैल पक्की पुलको काम समेत सुरु हुन सकेको छैन् । टेन्डर भएको निर्माण जिम्मा पाएको सपना केएस जेबी धनगडी  सम्झौता गरि पेश्की समेत लिएको भए पनि निर्माण कार्य सुरु गर्ने कुनै सुरसार नै देखिएका छैन् ।
   
सेती नदी पारी २१ गाविसमा ग्रामीण सडक काटेर सवारीका साधनहरु गुड्ने अवस्था रहेका लुयाटाका हिक्मत सिंहले बताए । उनका अनुसार पानकोटको पक्की पुल ठेकदारले छिटो निर्माण नगर्दा २१ गाविसका सर्व साधारण स्थानीयहरु मर्कामा परेका छन् ।  ठेकदारले ठेक्का लिने र काम नगर्ने परिपाटीका कारण विकास बाधा परेको  नागरीक समाजका अगुवा धर्मजंग बहादुर सिहँले बताए । नेताहरुको संरक्षण पाएर ठेकदारहरुले काम ढिला सुस्ति गर्ने गरेको समेत उनले आरोप लगाए ।
 
त्यस्तै पानकोटमा पुल निर्माणको जिम्मा पाएको जागृति निर्माण कम्पनीका भने पुलका लागी पायल मेसिनको आवश्यक भएकाले उक्त मेसिन नपाउदा ढिला भएको जानकारी दियो । विकास निर्माणको ठेक्का लिई समय मै काम गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन र काम ढिला सुस्ति गर्ने निर्माण कम्पनीलाई कालो सुचिमा राख्नु पर्ने स्थानियको माग रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ