arrow

मनमोहन अधिकारीको स्मृति दिवस

मनमोहनले कम्युनिष्ट सरकारले कसरी लोककल्याणकारी काम गर्छ भन्ने दृष्टान्त प्रस्तुत गर्नुभयो- विद्यादेवी

स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
bidhyadevi.jpg

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छन् । बिहीबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले आजको स्वतन्त्रता मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताइन् । 

उनले मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नुपर्ने खुला किताब रहेको उल्लेख गरिन् । उनले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रमहरूमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको बताइन् । 

उनले प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्ध भत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमको रूपमा रहेको जिकिर गरिन् । उनले ज्येष्ठ नागरिकहरूको सम्मानमा थालनी गरिएको वृद्ध भत्ता कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्ने काम गरेको बताइन् । आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरूले आफ्नो सच्चा मित्र र असल नेताको रूपमा सम्झिने गरेको बताइन् ।

उनले भनिन्, ‘मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रमहरूमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल हुनुभयो । प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्ध भत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमको रूपमा रहेको छ । यस कदमले ज्येष्ठ नागरिकहरूप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उनहरुको आत्मसम्मान बढाउन सबै ठुलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्त्वपूर्ण सहयोग पु¥याएको छ । ज्येष्ठ नागरिकहरूको सम्मानमा थालनी गरिएको यस कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्ने काम गरेको छ । जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरूले आफ्नो सच्चा मित्र र असल नेताको रूपमा सम्झन्छन् र सम्मान गर्दछन् । यसै सन्दर्भमा मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष ज्येष्ठ नागरिकका लागि देशदर्शन कार्यक्रमको आयोजना गर्दै आएको कुरा प्रशंसनीय छ । मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नुपर्ने खुला किताब जस्तै छ । आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुला वातावरण पाएका छाँै । स्वतन्त्रता पाएका छाँै ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ