arrow

७० लाख राजस्व सङ्कलन

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
Jhapa-hamrakura.jpg.jpeg
सुरुङ्गा (झापा) । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३/७४ को प्रथम चौमासिकमा  ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । 
 
ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । 
 
ट्राफिक प्रहरीले पाँच हजार नौ सय दुई मोटरसाइकल चालक तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चार सय पाँच जनालाई कारबाही गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ