arrow

संविधान कार्यन्वयनको लागि निर्वाचन : पाण्डे

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
upakar-bachat-sahakari-ma-pandey.jpeg
स्याङ्जा। नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा सांसद सुरेन्द्र पाण्डेले सरकार संविधान कार्यन्वयनको दिशा तर्फ उन्मुख नभएको बताएका छन् । स्याङ्जाको वालिङमा रहेको उपकार वचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधरण सभाको उदघाटन गर्दै पुर्व अर्थ मन्त्री समेत रहेका पाण्डेले संविधान कार्यन्वयनको लागि सरकारले छिटै स्थानीय तहको निर्वाचन गराउनु पर्ने बताए । एमाले पाटीलाई बाहिर राखेर संविधान संशोधन गर्ने प्रयास सरकारले गर्दै छ सांसद पाण्डेले भने,“संविधान संशोधनको वाटो अपनाएर सरकार संविधान कार्यन्वयनलाई ओझेलमा पार्दैछ ।”
 
सरकारले निर्वाचन घोषणा गरोस नेता पाण्डेले भने नेकपा एमाले निर्वाचनमा भिड्न तयार छ । मुलुकलाई अझै संक्रमणकालिन अवस्थामा लम्वाएर संविधान कार्यन्वयनमा जोड नदिने हो भने अव एमाले चुपलागेर बस्नेवाल छैन पाण्डेले सरकारलाई चेतावनी दिए । सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागेको प्रशङ्ग कोट्याउदै एमालेका नेता समेत रहेका पाण्डेले तराई र पहाडलाई अलग्याएर संशोधन  हुने प्रस्ताव कुनै पनि हालतमा मान्य नहुने बताए । 
 
मुलुकको जिम्मेवार प्रमुख प्रतिपक्ष पाटी एमालेलेलाई बाहिर राखेर सरकारले संविधान संशोधन गरेमा मुलुक ठुलो दुर्घट्ना फस्ने चेतावनी समेत पाण्डेले दिए । पार्टी भन्दा राष्ट्र ठुलो हो नेता पाण्डेले भने,“जुनसुकै हालतमा मधेस र पहाड अलग्याउने खेल भएमा आफु एमाले पाटी छाडेर राष्ट्र बचाउने अभियानमा लाग्ने छु ।” हिमाल पहाड र तराइमा बसोवास गर्ने सबै नेपाली भएको बताउदै नेता पाण्डेले सबै नेपाली नेपाली विच बैमनस्यता पैदा गर्ने खालको काम नगर्न पनि सरकार र सरकारमा सामेल रहेको नेपाली काँग्रेसलाई आग्रह गरे । 
 
मुलुकलाई बेलैमा आर्थिक समृद्धि तर्फ उन्मुख गराउन पनि संविधानको कार्यन्वयनको खाँचो रहेको औल्याए । पुर्व अर्थमन्त्री समेत रहेका पाण्डेले मुलुकको तिन खम्वे अर्थ नीति मध्ये सहकारी पनि आर्थिक समृद्धिका लागि खम्वा भएको बताए । अवका सहकारीहरुले उत्पादन मुलक र रोजगारी मुलक नीति अवलम्वन गर्नुपर्ने पनि पाण्डेको भनाई थियो । 
 
उदघाटन समारोहमा नेकपा एमाले केन्द्रिय सदस्य पदमा अर्याल, सांसद मुक्तिप्रसाद पाठक, डिभिजन सहकारी प्रमुख फर्सुराम भट्टराई, संस्थाका सल्लाहाकार ढाकाराम अर्याल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, नेपाली काँग्रेसका क्षेत्रिय सचिव दामोदर लम्साल, संस्थाका संस्थापक सल्लाहाकार राजेन्द्र गैह्रे, सम्पूर्ण पुरुष शेयर सदस्यहरुबाट हुमबहादुर गुरुङ् र सम्पूर्ण महिलाहरुको तर्फबाट युगमाया पंगेनी लगायतका बक्ताहरुले उपकार सहकारीले स्याङ्जाका ग्रामिण क्षेत्रमा आर्थिक समृद्धिका लागि खेलेको भुमिकाका वारेमा चर्चा गरेका थिए । 
 
संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष लक्ष्मीपति पौडेल र संचालन सचिव दिपेन्द्र गैह्रेले गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७२-०७३ मा शेयर पुजी र निक्षेप गरी ६२ करोड ३० लाख ४३ हजार २ सय ६७ रहेको छ भने ४५ करोड ११ लाख ८९ हजार ४ सय ५८ कर्जा लगानी गरी ८८ लाख ९३ हजार ७ सय ६३ रकम खुद नाफा गर्न सफल भएको संस्थाका कोषाध्यक्ष शिवलाल डुम्रेले जानकारी दिए । संस्थामा हाल सम्म ५ हजार भन्दा बढी शेयर सदस्यहरु रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ