arrow

११ करोडको मझौला सिँचाइ आयोजना सम्पन्न हुँदै

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
Jhapa-hamrakura.jpg.jpeg
भद्रपुर । मझौला सिँचाइ आयोजनाअन्तर्गत झापाको गौरादह गाविसको किस्ने खोलामा सुरु भएको किस्ने खोला बाँध सिँचाइ योजनाको काम लगभग ८० प्रतिशत सम्पन्न भएको छ । गौरादह गाविसका वडा नं ३, ४, ५, ८ र ९ मा करिब एक हजार ४२२ बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सो योजना सुरु भएको सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका डिभिजन प्रमुख ईश्वरी तिवारीले जानकारी दिए । सिँचाइका लागि किस्ने खोला मूल नहरको लम्बाइ ७.२५ किमी हुने छ । 
 
सो योजनाबाट नौ सय ७० घरधुरी लाभान्वित हुनेछन् र किसानले चाहेमा जतिखेर पनि सिँचाइ सञ्चालन सकिने छ । शिलान्यास भएको लगभग दुई वर्ष हुन लागेको सो योजनाका लागि स्थानीय जनता लामो समयदेखि प्रयासरत थिए । सिँचाइ विकास कार्यालयले पनि नियमित रुपमा अनुगमन एवम् निरीक्षण गर्दै आएकाले योजना समयमै सम्पन्न हुने अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन् । 
 
योजना कन्काइ इन्टरनेसल बिल्डर्स प्रालि सुरुङ्गाले रु ११ करोड २३ लाख ७८ हजारमा ठेक्का लिई काम सुरु गरेको थियो । प्रतिहेक्टर रु एक लाख ९५ हजार ४७६ लागत लाग्ने सो योजनाले झापाको उत्पादन र उत्पादकत्व दुवैमा सकारात्मक भूमिका निर्वाह गर्ने छ । खेर गइरहेको खोलाको पानीले अन्न उत्पादनमा सहयोग गर्ने भएकाले योजनाबाट स्थानीय जनता निकै हर्षित देखिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ