arrow

इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनह्याम खेल्दै

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
epl.jpeg
लण्डन । इङलिश प्रिमियर लिग फुटबलमा शनिबार छ खेल हुँदैछन् । पहिलो खेलमा साँझ ६ः१५ बजे बर्नलीले घरेलु मैदानमा म्यानचेष्टर सिटीसंग खेल्दैछ । यो खेलमा विजयी भए म्यानचेष्टर सिटी कम्तीमा दुई घण्टा शीर्ष स्थानमा रहने छ । 
 
त्यस्तै राति पौने ९ बजे लिभरपुलले सन्डरल्याण्डसंग घरेलु मैदानमै खेल्नेछ । यो खेलमा जित हासिल गरे लिभरपुल कम्तीमा साढे दुई घण्टा शीर्ष स्थानमा रहने छ । 
 
सोही समयमै लेस्टर सिटीले मिडिल्सब्रोसंग तथा हल सिटीले वेष्टब्रोमसंग खेल्नेछ । 
 
राति ११ः१५ बजे लिगडिर चेल्सी र टोटनह्याम खेल्दैछन् । यो खेलमा जित हासिल गर्दा चेल्सीले शीर्ष स्थानलाई कायमै राख्नेछ । 
 
लिगमा १२ खेलबाट २८ अंकको चेल्सी शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानमा म्यानचेष्टर सिटीको समान २७–२७ अंक छ । चौथो स्थानको आर्सनलको २५ अंक छ ।  
 



नयाँ