बैंकक । एसिया कप महिला टी–२० क्रिकेटमा नेपालले पहिलो खेलमा पाकिस्तानसंग खेलिरहेको छ । टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
थाइल्याण्डको बैंककमा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ६४ रनले हराएको छ ।
भारतले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ११८ रन बनायो । जवाफमा बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै ५४ रन बनायो ।
प्रतियोगितामा आयोजक थाइल्याण्ड र नेपालसहित एसियाका चार अन्तर्राष्ट्रिय मान्यताप्राप्त भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका रहेका छन् ।
बलिया प्रतिद्धन्द्धीसंग खेल्न पाउँदा नेपाली टिम अझ सशक्त हुने विश्वास गरिएको छ । हरेक टिमले आपसमा एक एक खेल खेल्नेछन् । शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् ।
नेपालले विश्वकप छनोटको एसिया रिजनमा दोस्रो स्थान हासिल गर्दैै एसिया कप खेल्ने अवसर पाएको हो ।