arrow

ग्रामीण बस्तीमा आयोडिनयुक्त नुनको प्रयोग कम

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
Salt-.jpg.jpeg
रामपुर (पाल्पा)। चेतना र ज्ञानको कमीले अझैपनि ग्रामीण भेगका जनता आयोडिनयुक्त नुनको सट्टा खुल्ला नुनको प्रयोगमा निर्भर छन् । जिल्लाका विकट र दुर्गम गाउँ बस्तीका जनताले अझै पनि खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताइन् । 
 
आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उनि अझैपनि अनविज्ञ छिन् । पाटा जस्तै यस गाउँका धेरै महिलाले खाना पकाउँदा सधैँ खुल्ला नुनको प्रयोग गर्ने गरेको बताउँछन् । विरकोटका व्यापारी दलबहादुर श्रेष्ठले एक महिनामा दश क्वीन्टल भन्दा बढी खुल्ला नुन बिक्री हुने गरेको बताए । मित्याल रुक्से भज्याङका व्यापारी सन्तोष सारु मगर भन्छन् , “ग्राहकले प्याकेटको नुनको सट्टा खुल्ला नुन नै खोज्छन्, एका दुईले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्ने गर्दछन् ।” 
 
खुल्ला नुनको व्यापार अन्यको तुलनामा राम्रै हुने गरेको उनले बताए । गोठादीकी मीना चिदिले प्याकेटको तुलनामा खुल्लाको मूल्य कम भएकाले खुल्ला नुन नै प्रयोग गर्दै आइरहेको बताइन् । 
 
आयोडिनयुक्त नुनको प्रयोग सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल सरकार, विभिन्न सङ्घ संस्थाले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नभएका कारण ग्रामीण बस्तीमा खुल्ला नुनको प्रयोगमा न्यूनीकरण नभएको हो । 
 
सूचना तथा सञ्चारको क्षेत्र विस्तार भइरहेकै बेला रेडियो, टेलिभिजनबाट प्रसारण हुने सचेतनामूलक सन्देश वर्तमान समयमा स्थानीयस्तरमा रहेका एफएम रेडियोबाट समेत प्रसारण हुने गर्दछ । सबैका घर-घरमा रेडियोको पहुँच पुगेकै छ । 
 
मानिसमा चेतनाको कमीका कारण ग्रामीण क्षेत्रमा आयोडिनरहित नुनको प्रयोग कम हुन नसकेको स्वास्थ्य प्राविधिक बताउँछन् । ग्रामीण बस्तीका मानिसमा आयोडिनयुक्त नुनको प्रयोग कम भएका कारण विभिन्न रोग लाग्ने गरेको स्वास्थ्यकर्मी जीवन रानाले बताए  । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ