arrow

गुल्मी जालापा महोत्सव हुने

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर ११ शनिबार
gulmijalpa.jpeg
गुल्मी ।गुल्मीको हस्तिचौरमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयले सञ्चालन गर्न लागेको गुल्मी जालापा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव नजिकीदै गर्दा आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ । 
 
विद्यालयलाई जिल्लाकै नमूना प्राविधिक युक्त शैक्षिक संस्था तथा क्याम्पस सञ्चालनार्थको लागि यहि मंसिर २५ गतेदेखि पौष २ गतेसम्म महोत्सव सञ्चालन हुदै छ । हालसम्म शान्ति कलश मार्फत ७ लाख,७० हजार र नगद २ लाख ५० हजार गरि हाल सम्म १० लाख,२० हजार आर्थिक सहयोग प्राप्त भएको संयोजक कँवरले जानकारी दिए । 
 
महोत्सवलाई  व्यापक रुपमा भब्य र सफल बनाउन स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका विभिन्न व्यक्तिहरुबाट  पनि आर्थिक संकलन अभियानलाई  तिव्रता दिएको महोत्सव मुल समारोह समितिका संयोजक शेर बहादुर कुँवरले बताए । 
 
हाल हस्तिचौर काठमाडौं ट्रसका अध्यक्ष भूपाल खत्री,हस्तिचौर रुपन्देही सम्र्पक समाजको तर्फबाट राम बहादुर कुँवर, तथा विदेश अन्तर्गत जापानमा संगिता कुँवर,अष्ट्रिलिया विष्णु घिमिरे,कोरियाको लागि नविन कुँवर र कतारको लागि प्रकाश खत्री र प्रेम कुँवर लगायतको सक्रिय नेतृत्वमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको समेत संयोजक कुँवरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ