arrow

सुरुङ्गा गोल्डकपको उपाधि एपिएफलाई

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
apfs.jpeg
सुरुङ्गा । सुरुङ्गामा जारी चौथो सहारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ टोलीले जितेको छ । शनिबार भएको फाइनल खेलमा रुपन्देही–११ लाई ट्राइबेकरमा ५–३ गोल अन्तरले हराउँदै एपिएफले उपाधि हात पारेको हो । जितसँगै एपिएफले रु तीन लाख ५१ हजार १११ तथा उपविजेता रुपन्देही–११ ले रु दुई लाख ५१ हजार १११ पुरस्कार प्राप्त गरेको छ । 
 
निर्धारित समयमा दुवै टिमले एक÷एकको बराबरी खेलेपछि ट्राइबेकरबाट खेलको निर्णय लिइएको थियो । रुपन्देही– ११ का विजय धिमाल, विक्रम लामा र रजिन धिमालले गरेको प्रहार गोलमा परिणत भएको थियो । यस्तै एपिएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटवालले गोल गरेका थिए । 
 
यसअघि एपिएफका लागि राजेन्द्र रावल तथा रुपन्देहीका लागि विमल घर्ती मगरले गोल गरेका थिए । एपिएफका आदित्य चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई विर्तामोडको हनुमान सेन्ट्रलमा रहेको मेची मोवाइलका सञ्चालक खगेन्द्र नेपालले रु १५ हजार बराबरको एन्ड्रोइड फोन पुरस्कार स्वरुप प्रदान गरेका थिए । 
 
यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुपन्देही– ११ का विक्रम लामा भए । उनले लेनोभो मोवाइलको मेची अञ्चलको आधिकारिक विक्रेता क्वालिटी कम्प्युटरर्सका सञ्चालक दिपेश पाठकले रु २५ हजार बराबरको एन्ड्रोइड फोन प्रदान गरेका थिए । रासस 



नयाँ