arrow

जापानी विदेशमन्त्रीसँगको भेटवार्तापछि नारायणकाजीले के भने ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
japan-nepal-foregin-minister.jpg

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ । नेपालको एक दिने सद्भावना भ्रमणका लागि आएकी जापानकी विदेशमन्त्री खामिकावाले आइतबार अपराह्न सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री श्रेष्ठसँग भेट गरेका हुन् ।

दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्र मन्त्री श्रेष्ठले जानकारी दिए । उनीहरुबीच विश्वका विभिन्न परराष्ट्रसँग सम्बन्धित मामिलाबारे पनि छलफल भएको थियो ।

मन्त्री श्रेष्ठले भने, ‘हामीले जापानलाई पुरानो असल मित्रको रूपमा र हाम्रो अत्यन्तै ठुलो विकास साझेदारको रूपमा लिएका छौं । त्यस कारणले हाम्रो सम्बन्धलाई दुई पक्षीय सम्बन्धलाई र यसको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ गरेर बिस्तार गर्ने बारेमा सबै पक्षहरूमा अहिले छलफल भएको छ । यो औपचारिक सद्भावना भ्रमणमा कुनै कुनै एग्रीमेन्ट वा कुनै एमओयूको एजेन्डा छैन । र हामीले हाम्रा बीचका दुई पक्षीय सम्बन्धहरूलाई अझ दह्रो कसरी बनाउने, मजबुत कसरी बनाउने ? हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरूलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा छलफल भएको छ । र हामीले स्वाभाविक रूपमा दुई वटा विदेशमन्त्रीहरूले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा विश्वका विभिन्न अन्तर्राष्ट्रिय मामलाहरूको बारेमा पनि छलफल भयो । र आजै अव मैले विदेशमन्त्रीको सम्मानमा दिएको रात्रि भोजपछि आजै हाम्रो अतिथिको रूपमा आउनुभएको जापनिज विदेशमन्त्री जापान फर्कंदै हुनुहुन्छ । र अहिले हाम्रो भेटवार्ता पछाडि अहिले उनले प्रधानमन्त्रीलाई र राष्ट्रपतिजी, दुई जना सम्माननीयज्युहरुलाई शिष्टाचार भेटवार्ता पनि गर्दै हुनुहुन्छ । जापानमा रहेका नेपाली श्रमिकहरूको बारेमा खासै छलफल भएन । जुन कुरा हाम्रो पहिलादेखि नै छलफलमा जारी छ । त्यो बारेमा हाम्रो छलफल हुने कुरा रहन्छ । तर त्यसमा अहिले ठोस ढङ्गले निर्णय गर्ने गरेर कुनै छलफल भएको छैन ।’

जापानकी विदेशमन्त्री खामिकावा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको एक दिन भ्रमणका क्रममा नेपाल आएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ