टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा कामयै रहेको छ । पछिल्ला ७ खेलमा अपराजित रहँदै छैटौं जित हासिल गर्ने क्रममा चेल्सीले शनिबार राति घरेलु मैदानमा अर्को बलियो प्रतिद्धन्द्धी टोटनह्याम हट्सपरलाई २–१ ले हरायो । जारी लिगको एकमात्र अपराजित टिम टोटनह्याममाथि जित हासिल गर्न भने चेल्सीलाई निकै कठिन भयो ।
खेलको ११ मिनेटमै क्रिष्टिएन इरेक्सेनको गोलबाट टोटनह्यामले अग्रता लियो । चेल्सीलाई बराबरी गोल गर्न भने ४५ मिनेटको खेल कुर्नुप¥यो ।
चेल्सीलाई पेड्रो रोड्रिग्वेजले पहिलो गोल दिलाए । तर त्यसको ७ मिनेटमै भिक्टर मोसेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
त्यसपछिको निरश प्रदर्शनमा दुवैतर्फ गोल नहुँदा चेल्सी २–१ ले विजयी भयो । चेल्सीभन्दा खेलमा टोटनह्याम हावी देखिएको थियो ।
जितसंगै चेल्सीको १३ खेलबाट ३१ अंक भएको छ । म्यानचेष्टर सिटी र लिभरपुलको समान ३०–३० अंक छ ।
१३ खेलमा ६ जित, ६ बराबरी र १ हार बेहोरेको टोटनह्याम २४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।