arrow

प्रभु बैंक र गणेशमान सिंह रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
prabhu-bank-ganeshman.jpg

काठमाडौँ । ललितपुर १, महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहबीच रिसर्च सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक रिसर्च सेन्टरले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत उपलब्ध गराउँदै आइरहेको छ । 

स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको जनाइएको छ ।

सम्झौता समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा,दीना चित्रकार तथा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर( न्क्ःज्च्ऋ) का व्यापार प्रवर्धन व्यवस्थापक को समेत उपस्थिति रहेको थियो ।

ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ । 
                                             
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ