arrow

प्रभु बैंक र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
prabhu-bank-81-1-26.jpg

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई विराटनगर–८, मोरङस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालीमा उपचार गर्नेबारे सम्झौता भएको छ । 

अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसीयू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहबीच न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालीका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक शाखा प्रमुख प्रशान्तकुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । 

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वाारा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालीलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालीले निरन्तर स्तरीय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचारदेखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउँदै आइरहेको जनाएको छ । 

स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि अस्पतालका विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा शेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशतसम्मको छुटको व्यवस्था रहेको छ ।

त्यसैगरी ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बैंकले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ