arrow

ढोरपाटनको स्याउले उचित बजार पाएन !

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर १२ आइतबार
dhorpatanapple.jpeg
गुल्मी । बाग्लुङ्गको ढोरपाटनमा उत्पादित स्याउले उचित बजार पाउन सकेको छैन् ।बोवाङ्गका स्याउ व्यापारी भानवीर बिसुले ढोरपाटनदेखि आफुले उत्पादन गरेको स्याउ लिएर न्वागी मेलालाई केन्द्रित गदै ग्वालीचौरसम्म आएका छन् तर दिनभर आफ्नो स्याउ नविकेपछि यता उता टोलाउदै र ग्राहक पर्खदै दिनभरी नै बसे।
 
विसुले भने सबैले राम्रो राम्रो भन्दछन् तर स्याउ किन्न भने कोही पनि आउदैनन् । उनले गुनासो गरे।ढोरपाटनदखि  तिन दिनको बाटो भएर तिस-पैतिस केजी स्याउ गाडीमा राखेर स्याउ ल्याउँदाको दुःख त्यसै खेर गयो, आफ्नो मेहनत र दुःख पनि खेर गयो विसुले भने ।
 
'आफूले उत्पादन गर्ने स्याउ सबै केमिकल बिहिन हुन्छ, तर पनि उत्पादित स्याउले उचित बजार पाउँदैन' । उनले भने 'आफुहरुले उत्पादन गरेको स्याउलाई उतिच बजारको व्यवस्था नहुदा र लामो समय भण्डारण गर्ने प्रविधि समेतको व्यवस्था नहुँदा ढोरपाटनमा उत्पादित स्याउ बारीमै कुहिन सक्ने छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ