arrow

स्टकले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो नेप्से

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ । 
 
कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटमा एक अङ्कभन्दा बढीको दरले नप्से घटेपछि सर्किट बे्रक लगाउनु परेको स्टकले जनाएको छ । 
 
नेप्सेले १५ मिनेट कारोबार रोकेर पुनः कारोबार सुरु गरेको छ । नेप्सेका सबै समूहको सेयर कारोबार घटेको हो । होटल समूह ७.०२ प्रतिशतले ओरालो लागेको छ भने अन्य समूह पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ