arrow

दाङमा आन्तिरिक लाडसेडिङ घटाउन अभियान सुरु

पिक आवरमा उद्योग धन्दा नचलाउन प्राधिकरणको अनुरोध

logo
शरद रेग्मी,
प्रकाशित २०७३ मंसिर १२ आइतबार
loadshedingdang.jpeg
दाङ ।दाङमा आन्तिरिक लोडसेडिङ घटाउन नेपाल विद्युत प्राधिकरणले अभियान सुरु गरेको छ । आइतवार तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा विद्युत प्राधिकरण र व्यवसायीहरु विच भएको अन्तरक्रिया कार्यक्रममा सवै खालका उद्योग तथा वढी विद्युत खपत गर्ने विद्युतिय उपकरणहरु नचलाउन प्राधिकरणले अनुरोध गरेको छ । 
 
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तुलसीपुर प्रमुख टंकराज गिरीले आम सर्वसाधरणको मागलाई मध्यनजर गर्दै देश भरी लोडसेडिङ झन्डै झन्डै कम भैसकेको अवस्थामा तुलसीपुर क्षेत्रमा पनि पिक आवरमा  उद्योग तथा कलकारखानाहरु नचलाईदिन आग्रह गरेका छन् । उनले उद्योगहरुले खपत गर्ने विद्युत सर्वसाधरणहरुलाई दैनिक कामकाजमा सहयोग पुर्‍याउने उदेश्यले पिक आवरमा मात्र वेलुका ६:००बजे देखि १०:०० सम्म कुनै पनि कलकारखानाहरु सञ्चालन नर्गन व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
 
 साथै यस अभियान अवधिभर निरन्तर अनुगमन हुने र यदि कसैले अटेरी गरेको पाईएमा मा कानुन वमोजिम कार्वाहि हुने समेत  विद्युत प्राधिकरणले चेतावनी दिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले अन्य समयमा विद्युत प्राधिकरण वाट हुने कमिकम्जोरी तत्काल सुधार गर्नू पर्ने बताए ।
 
 उनले  व्यवसायीहरु लोडसेडिङको मारमा निरन्तर पर्दै आइरहेको भन्दै प्राधिकरणले चुहावट नियन्त्रण र कम भोल्टेजको समस्यालाई तत्काल समाधान गर्न समेत ध्यानाकषर्ण गराएको थियो ।कार्यक्रममा उद्योगी,व्यापारी, व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव मिनराज भण्डारीले गर्नू भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ