arrow

राहत रकम वितरण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ मंसिर १२ आइतबार
rakam-bitaran.jpeg
कपिलवस्तु।  विगत साउनमा आएको वाढि वाट प्रभावितहरुका लागि आवासका लागि वितरित जस्ता पाताले निर्माण कार्य सम्पन्न गरेकाहरुलाई नगद र वाढि प्रभावित विद्यार्थीहरुको पोशाक सिलाई खर्चको  रकम वितरण गरिएको छ । गरिवी निवारण केन्द्र (पिस नेपाल ) कपिलवस्तुको आयोजना जिल्ला विपद व्यवस्थापन समितिको समन्यव र कारितास नेपाल- कारितास जर्मनीको सहयोगमा उक्त रकम वितरण गरिएको हो ।  
 
जिल्लाको भुकुटी नगरपालिका, हरदौना, कजरहवा र   गाविसका ४० घरधुरी मध्ये १४   घरधुरीलाई नगद रु ३ हजार वितरण गरिएको छ । विगतमा घर निर्माणको लागी २ वण्डल जस्ता पाता वितरण गरिएको थियो  । घर निमार्ण सम्पन्न गरेपछि किला काटीको रकम खर्च स्वरुप  संस्थाले उक्त ३ हजार रकम वितरण गरेको हो ।  जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार उक्त स्थानमा आवास निर्माणको लागी यो अभियान संचालनमा ल्याइएको हो । 
 
साथै वाणंगगा , भुकुटी नगरपालिका र वलरमवापुर, हदौना र कजरहवा गाविसका   वाढि प्रभावित   १३ विद्यालयका  ७ सय ८९  विद्याविद्र्याथीहरुको लागी पोशाक तथा स्टेशनरी वितरण गरिएको थियो । सो मध्ये पोशाक सिलाई पोशाक लगाएका ६ विद्यालयका  २ सय ८१ विद्यार्थीहरुलाई सिलाई खर्च वापत रु २ सय नगद वितरण गरिएको छ ।  वाकिं निर्माण सम्पन्न घर र विद्यार्थीहरुको लागी यसै हप्ता रकम वितरण गरिने पिस नेपालका अयष सदानन्द प्रसाद चौधरीले बताए ।
 
 संस्थाले पुर्ण रुपमा क्षती भएका घरहरुलाई घर निर्माणको लागी जस्ता पाता उपलब्ध गराएको थियो भने वाढि वाट कपडा तथा स्टेशनरी वगाएर नष्ट भएका विद्यार्थीहरुको लागी पोशाक र स्टेशनरीका साम्रग्रीहरु वितरण कार्य गरेको थियो । वाढि जस्तो विपद्मा परेका गरिव तथा विपन्न व्यात्तिहरुलाई यो सहयोगले निकै राहत मिलेको सरस्वती निमावि झुसियाका अध्यक्ष कपिलवदेव तिवारीले बताए । वाढि वाट घर तथा सवै सामान नष्ट भएको अवस्थामा संसथाको यो सहयोगले आफुले जस्तापाताले  घर निर्माण गरी अहिले बस्न थालेको हर्दौना गाविस २ का जयसराम मल्लाहले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ