arrow

मीनबहादुर गुरुङको ठूलो दान, भगवान कोइराला नेतृत्वको बाल अस्पताललाई ४१ करोड सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २९ शनिबार
min-gurung-bhagwan-koirala.jpg


काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ नेपालकै इतिहासमा ठूलो दान गर्ने दानी मानिस बनेका छन् । गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा काठमाडौँसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ ।

शुक्रबार निर्माणाधीन अस्पताल क्षेत्र काठमाडौँको हेपाली हाइटमा पुगेर गुरुङले डा. कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

उनले डा. कोइरालालाई आफू घरमा पनि केही नभनी यो क्षेत्रमा आएको र आइसकेपछि ४१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बताए । 

डा. कोइराला भने निकै भावुक बन्दै यो निकै ठूलो रकम भएको भन्दै यसले शून्यबाट शुरु गरेको योजनामा कायापलट गर्ने दाबी गरे । 

डा. कोइरालाले काठमाडौँसहित सात वटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् । अहिलेसम्म कोशी प्रदेशको झापास्थित दमकमा रहेको बाल अस्पताल एक वर्षअघि नै सम्पन्न भएर दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको कोइरालाले बताए । 

गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका छन् ।

गुरुङले सम्पूर्ण खर्च भाटभटेनीले बेहोर्ने गरी अहिलेसम्म रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ