arrow

दूरदराजका बिरामी ल्याएर निःशुल्क शल्यक्रिया गर्दै डा. शर्माको केएमसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
dr-sunil-sharma-kmc-01-30.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले दूरदराजका बिरामीलाई ल्याएर निःशुल्क शल्यक्रिया गर्दैछ । 

केही समयअघि डा. शर्मासहितको टोली सदूरपश्चिम र कर्णाली प्रदेशमा पुगेर निःशुल्क उपचार गरेकामा तीमध्ये शल्यक्रिया गर्नुपर्ने बिरामीलाई काठमाडौँमै ल्याएर निःशुल्क शल्यक्रिया गर्न लागेको हो । 

हजारौँ बिरामीको निःशुल्क उपचार गरेकामा शल्यक्रिया पनि निःशुल्क गर्ने डा. शर्माले बताए । स्थानीय नेताहरु र पालिकाको समन्वयमा बिरामीहरुको निःशुल्क उपचार गरेको र काठमाडौँमा निःशुल्क शल्यक्रिया गर्न लागिएको हो । 

डा. शर्माले बिरामीहरुको अस्पतालमा छिरेपछि बाहिर निस्कुन्जेलसम्मको सेवा निःशुल्क हुने पनि बताए । उनले भने, ‘उहाँहरुलाई हामीले नल्याएको भए उहाँहरुले मृत्युवरण गर्ने बाहेक अर्को कुनै बाटो थिएन । 

उनले देशको हालत दयनीय भएको भन्दै अगाडि भने, ‘यो त खास प्रचण्डले हेर्नुपर्ने हो । यो पुष्पकमल दाहालले हेर्ने भिडियो हो । आज मुलुकको स्थिति के छ, जनताको दूरदराजमा स्थिति के छ ? कर्णालीमा पुल छैन तुइन चढ्नु पर्छ मुख्य सडकमा  र यस्ता नागरिकहरुलाई हेर्नको लागि एमबीबीएस डाक्टरसमेत छैन ।’

उनले काठमाडौँमा बसेर १७ हजार २ भन्ने, डाक्टर धेरै भए भन्ने, नर्स धेरै भए भन्नेले पनि हेर्नुपर्ने बताए । उनले देशका १६५ क्षेत्रमै निःशुल्क उपचार गर्ने बताए । 

उनले अहिलेसम्म ११० क्षेत्रको निःशुल्क स्वास्थ्य शिविर गरिसकेको र अझै ५५ क्षेत्रको शिविर गर्न बाँकी रहेको बताए । 

त्यस्तै बिरामीहरुले आफूहरुले डा. सुनील शर्माको रुपमा भगवान् पाएको बताए । 

केएससीका महाप्रबन्धक नारायणप्रसाद दाहालले हुम्लाका ३० तथा बाजुराका २० शल्यक्रिया गर्नुपर्ने बिरामी केएमसीमा आइसकेको छ र अन्यहरु आउने क्रम जारी रहेको बताए । 

उनले प्राविधिक रुपले प्राथमिकताका आधारमा बिरामीहरुको शल्यक्रिया गरिने बताए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ