स्पेन । स्पेनिश फुटबल लिग ला लिगामा बार्सिलोना बराबरीमै थन्किएको छ । बार्सिलोनाले रियल सोसिडाडसंग १–१ गोलको बराबरी खेलेको हो । सोसिडाडको मैदानमा भएको खेलमा घरेलु टिमले विलियनको गोलबाट ५३ औं मिनेटमा अग्रता लियो ।
त्यसको चार मिनेटमै अर्जेन्टाइनी कप्तान लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । तर त्यसपछि गोल गर्न नसक्दा महत्वपूर्ण खेलमा बार्सिलोनाले १–१ को बराबरीमै चित्त बुझाएको हो ।
यो बराबरीले बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिड भन्दा ६ अंकको दूरी बनाएको छ । राम्रो लयमा रहेको रियलको १३ खेलबाट ३३ अंक छ भने बार्सिलोनाको २७ अंकमात्र भएको छ ।
समान २७ अंकको सेभिल्ला गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।