arrow

संसद्को संयुक्त बैठक अघि सभामुख परामर्श गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
devraj-2080-08-22.jpg

काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ ।

 । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ ।

सभामुख देवराज घिमिरेले १२:३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै छन् भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण: भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ