ओल्ड ट्राफोर्ड । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले फेरि बराबरीको खेल खेलेको छ । घरेलु मैदानमा खेलेको म्यानचेष्टर युनाइटेडले वेष्टह्याम युनाइटेडसंग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको दोस्रो मिनेटमै युनाइटेड डर्बीको खेलमा डाफ्रा साखोले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाए ।
घरेलु मैदानमा दबाबमा आएको म्यानचेष्टरले खेलको २१ औं मिनेटमा ज्लाटान इब्राहिमोभिचको गोलबाट बराबरी गर्यो ।
तर त्यसपछि म्यानचेष्टर युनाइटेड सुस्ताउँदै बराबरीमा चित्त बुझायो । मैदानमा खेलाडीहरुले गोल नगर्दा रन्थनिएका म्यानचेष्टरका म्यानेजर जोजे मौरिन्हो भने मैदान बाहिर रन्थनिएका थिए ।
मौरिन्होले रिसले चुर हुँदै पानीको बोतल नै प्रहार गरेका थिए । योसंगै उनलाई रेफ्रीले बाहिर पठाएका थिए । मौरिन्होको यो हर्कतले म्यानचेष्टर युनाइटेडलाई ठूलो धक्का लागेको छ ।
७५ हजार बढी दर्शकलाई निराश पार्दै म्यानचेष्टर बराबरीमै रोकिँदा भने उपाधि भिडन्त टाढिएको छ । १३ खेलबाट २० अंकको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ । शीर्ष स्थानको चेल्सीको ३१ अंक छ ।