arrow

कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
nese-stock.jpeg
काठमाडौँ। नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ।
 
कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो।
 
नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो। आइतबार दुईपटक ब्रेक लागेको नेप्से परिसूचक आज पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक लागेको हो । सबै समूह घटेपछि कारोबार बन्द गर्नुपरेको हो।
 
एक हजार ४६८ बिन्दुमा रहेको परिसूचक घटेर एक हजार ४१६ बिन्दुमा पुगेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ