arrow

महिला टि-२० क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
cricket-womensTeam-new.jpeg
काठमाडौं। एसीसी महिला एसिया कप टि-२० क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग आठ विकेटले पराजित भएको छ। 
 
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १६.२ ओभर खेल्दै २३ रनमा सबै विकेट गुमाएको थियो। नेपालकालागि ज्योती पाण्डेले ३९ बल खेल्दै १६ रन बनाएकी थिईन् भने सीता राना मगरले ४ रनको योगदान दिएकी थिईन्। नेपालका ७ जना ब्याट्सवमनहरुले खाता खोल्न सकेका थिएनन्। 
 
श्रीलंकाकालागि सुगान्दिका कुमारी र ईनोका रनविराले ३-३ विकेट लिएका थिए। नेपालका दुई ब्याट्सवमन रनआउट भएका थिए भने ओसादी रनसिङ्गेले २ विकेट हात पारेकी थिईन्। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको श्रीलंकाले ४.३ ओबरमा २ विकेट गुमाउँदै २४ रन बनाएको थियो। श्रीलंकाका हसिनी सुरांगिकाले १७ रन बनाएकी थिईन्। नेपालकालागि रुबिना क्षेत्री र करुना भण्डारीले १-१ चिकेट लिएका थिए। 
 



नयाँ